नियम १३
किसानले किस्ताबन्दीको रुपैयाँ नबुझाएमा सूचना दिनु पर्ने

ऐन बमोजिम बुझाउनु पर्ने किस्ताबन्दीको रुपैयाँ म्यादभित्र किसानले जग्गा धनीलाई नबुझाएमा जग्गाधनीले त्यस्तो लिखित जनाउ इलाकाका माल अड्डालाई दिनु पर्छ र माल अड्डाले त्यस्तो जनाउ प्राप्त भएका मितिले सात दिन भित्र सो सम्बन्धमा ऐन बमोजिम कारवाई गर्नुपर्छ ।